काठमाडौ, मंसिर ४, २०८०ः
रत्न काजि प्रजापति
यहि मंसिर ७ गते राजधानीको माईतिघर मन्डलामा हुने भनेको युवा बिद्यार्थि बिशेष कार्यक्रम अब सोहि मिति र समयमा तिनकुनेमा हुने भएको छ। रास्ट्रिय युवा संघ नेपाल र अनेरास्वबियुको आयोजनामा हुन लागेको सो प्रदर्शन नेपाल सरकारले निषेधाज्ञा जारी गरे पछी माईतिघरको सट्टा तिनकुनेमा हुन लागेको हो।
नेकपा एमालेका नेता एब युवा ईन्चार्ज महेश बस्नेतले आफ्नो सामाजिक संजाल मार्फत पुर्ब घोषित प्रदर्शनको कार्यक्रम सोहि दिन र समयमा तिनकुनेमा हुने जानकारी दिएका छन।
जिल्ला प्रशासन कार्यालय काठमांडौले मंसिर ७ गते मेडिकल ब्यबसायी दुर्गा प्रसाईको पनि प्रदर्शन रहेको कारण हुन सक्ने संभाबित दुर्घटनालाई मध्यनजर गरी निषेधाज्ञा जारी गरेको थियो।
युवा संघको सुचना
