नेपाल पशुपंक्षी औषधि ब्यबसायी संघ बागमति प्रदेश सचिब थापाद्वारा अध्यक्षमा उम्मेदबारी घोषणा

काठमाडौं, मंसिर ११, २०८०ः
रत्न काजि प्रजापति

नेपाल पशुपंक्षी औषधि ब्यबसायी संघ बागमति प्रदेश कार्यसमितिका सचिब ईश्वर कुमार थापाले संघको आसन्न अधिबेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सचिब थापाले आज नौलोआयाम डटकम संग कुरा गर्नु हुदै आसन्न अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

 

 

पशुपंक्षी औषधि ब्यबसायी माझ निकै लोकप्रिय रहेका मिजासिला सरल स्वभाबका ब्यबसायी थापाले संघका पुर्ब अध्यक्षहरुले गरेका राम्रा दिर्घकालिन योजनाहरुलाई निरन्तरता दिने बताउदै ब्यबसायीहरुका समस्याहरुलाई आफ्नै ठानी समाघानको पहल गर्ने प्रतिबद्दता ब्यक्त गरे।

“बागमति प्रदेशका ब्यबसायी मित्रहरुले भोग्नु परेका हरेक प्रकारका समस्याहरुको समाघान गर्नको लागि म हरपल सदैब तत्पर रहने छु। ” उ्म्मेदबारी घोषणा गर्दै थापाले भन्नु भयो।

नेपाल भरी छरिएर रहे्का पशुपंक्षी औषधि ब्यबसायीहरुको पेशागत हकहित र मर्यादा कायम गर्न गठन भएको नेपाल पशुपंक्षी औषधि ब्यबसायी संघको बागमति प्रदेश कार्यसमितिको चौथौ अधिबेशन तथा छैठौं साघारण सभा यहि पौष ६ गते काठमाडौंमा हुन गैरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!