काठमाडौं, मंसिर १२, २०८०ः
रत्न काजि प्रजापति
नेपाल पशुपंछी औषधी ब्यवसायी संघका केन्द्रिय सदस्य केशब शर्मा मरासिनिले संघको आसन्न १४ औ राष्ट्रिय महाधिवेशनमा सचिब पदमा आफ्नो उम्मेदबारी घोषणा गर्नु भएको छ। आज नौलोआयाम डटकम संग कुरा गर्नु हुदै बर्तमान केन्द्रिय सदस्य शर्माले सचिब पदमा आफ्नो उम्मेदबारी घोषणा गर्नु भएको हो।
संघको शाखा, प्रदेश र हाल केन्द्रिय समितिसम्ममा आफुले महत्वपुर्ण भुमिका खेलेको स्मरण गर्नु हुदै शर्माले आफु पुर्ब देखि पश्चिम सम्म, अनि हिमाल पहाड तराइ सबैको साझा प्रतिनिधि बन्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो।
“शाखा, प्रदेश हुदै हाल केन्द्रीय सचिबालय ,केन्द्रिय सदस्य एंब बागमती प्रदेश इन्चार्ज समेत हुदै सक्रिय र सबैको साझा सहकार्य र सामुहीक अभिमतमा बिश्वासका साथ केन्द्रीय सचिबमा उ्म्मेदबारी घोषणा गरेको छु। ” शर्माले बताउनु भयो।
सचिब पदका उम्मेदवार शर्माले पुर्ब कार्यसमितिको पहलमा गरिदै आएका पुराना प्रयासहरुको पुर्णतामा जोड दिनुका साथै केन्द्रीय अध्यक्ष मार्फत कार्यसमितिले ल्याउने ब्यबसायिक हकहितका बिषयमा आफ्नो अबिरल साथ र सहयोगका रहने प्रतिबद्दता समेत ब्यक्त गरे।
ब्यबसा्यिक पुनर्ताजगी तालिम र नबिन तालिमहरुका साथै क्षमता अभिबृद्दीका तालिमहरु संचालन गर्ने ,निष्ठापुर्बक, ब्यबस्थित र मर्यादित ब्यबसाय संचालनका लागि बिशेष कार्यक्रमहरु ल्याउने योजना रहेको भन्दै शर्माले ब्यबसायिक समस्या र चुनौतीहरुको समाधानका लागी सम्बन्धीत निकायहरुमा आवाज बुलन्द गर्ने बताए।
नेपाल पशुपंछी औषधी ब्यवसायी संघ केन्द्रिय कार्यसमितिको १४ औं राष्ट्रीय महाधिबेशन तथा ३३ औं बार्षिक साधारण सभा यहि पुस २४ र २५ गते चितवनमा हुन गैरहेको छ।
