रिसोर्टमा कौडा खेल्दै गरेका रिसोर्ट संचालक समेत १६ जना पक्राउ

कास्की, मंसिर १२, २०८०ः

पोखरा महागनरपालिका-२१ निर्मलपोखरी मैदानस्थित ईलाईट रिसोर्टमा जुवातास (कौडा) खेलिरहेको अवस्थामा रिसोर्टका संचालकसहित १६ जना गएराति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले रिसोर्टका संचालक पोखरा महानगरपालिका-३३ घर भएका ३८ वर्षीय सन्तोष गुरूङ समेत १६ जनालाई पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद ५ लाख ५ हजार ६५ रूपैयाँ र १६ थान कौडा बरामद भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!