धनगढी, मङसिर १२ गते ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलवार धनगढी आइपुग्नु भएको छ । मङ्सिर १४ गते विहान ८ : ३० बजे एमालेले बैतडीको झुलाघाटबाट सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राको उद्घाटनका लागि उहाँ धनगढी आउनु भएको हो ।
धनगढी आउनुभएका अध्यक्ष ओली भोलि बुधबार बिहान डोटी, डडेल्धुरा हुँदै बैतडी जानु हुने कार्यक्रम रहेको छ । पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्यपहाडी राजमार्गको करिब एक हजार ८ सय ७९ किलोमिटर दूरीमा अभियानले छिचोल्ने छ । झुलाघाट–चिवाभञ्ज्याङ यात्रामा एमालेले तीन साता खर्चिने निर्णय गरेको छ ।
अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल लगायतका नेताहरू धनगढी आइपुग्नुभएको छ ।