काठमाडौं, मंसिर १२, २०८०ः
रत्न काजि प्रजापति
नेपाल पशुपंछी औषधी ब्यवसायी संघका केन्द्रिय महासचिब नारायण बहादुर भुजेलले संघको आसन्न १४ औ राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष (थोक) पदमा आफ्नो उम्मेदबारी घोषणा गर्नु भएको छ। आज नौलोआयाम डटकम संग कुरा गर्नु हुदै बर्तमान केन्द्रिय महासचिब भुजेलले उपाध्यक्ष पदमा आफ्नो उम्मेदबारी घोषणा गर्नु भएको हो।
संघलाई सही मार्गमा हिडाउनको लागि र व्यवसाय प्रबन्धनको निम्ती आफ्नो उम्मेदबारी रहेको बताउदै महासचिब भुजेलले संघ अब नया सिराबाट अघि बढनु पर्ने कुरामा जोड दिनु भयो। “ब्यबसायीका समस्याहरुको सम्वन्धित निकायबाट छिटो र सरल हिसाबले समस्या समाघानका लागि मैले उ्म्मेदबारी दिएको हु। ” भुजेलले भने।
आफु तत्कालिन बागमती शाखाको सदस्य, सह सचिब, उपाध्यक्ष र अध्यक्ष हुदै केन्द्रिय कार्यसमितिमा पुगेको र केन्द्रमा पनि सदस्य हुदै महासचिब सम्मको करिब १२ बर्षको यात्रा तय गरेको बताउदै भुजेललेआफ्नो यहि कार्य अनुभब नै आफ्नो जितको आधार भएको बताए।
“समस्या कहाॅ छ र कसरी समाधान गर्न सकिन्छ भन्ने अनुभव हुनु नै मेरो जित को आधार हेा।” उहाले भन्नु भयो।
नेपाल पशुपंछी औषधी ब्यवसायी संघ केन्द्रिय कार्यसमितिको १४ औं राष्ट्रीय महाधिबेशन तथा ३३ औं बार्षिक साधारण सभा यहि पुस २४ र २५ गते चितवनमा हुन गैरहेको छ।
