सफल ब्यबसायी राजेन्द्र थापा मगरको कोषाध्यक्षमा उम्मेदबारी घोषणा

मिहेनत, अनुशासन र इमानदारिता नै मैले जित्ने मुल आधारहरू हुनः थापा मगर

काठमाडौं, मंसिर १२, २०८०ः
रत्न काजि प्रजापति

नेपाल पशुपंछी औषधी ब्यवसायी संघका केन्द्रिय सदस्य राजेन्द्र थापा मगरले संघको आसन्न १४ औ राष्ट्रिय महाधिवेशनमा कोषाध्यक्ष पदमा आफ्नो उम्मेदबारी घोषणा गर्नु भएको छ। आज नौलोआयाम डटकम संग कुरा गर्नु हुदै बर्तमान केन्द्रिय सदस्य थापाले कोषाध्यक्ष पदमा आफ्नो उम्मेदबारी घोषणा गर्नु भएको हो।

आफ्नो उम्मेदबारी घोषणा गर्नु हुदै थापाले भन्नु भयो; “हामी व्यवसायीहरूकाे हक, हित र अधिकारकाे लागि स्थापित संस्था हाे याे । व्यवसायीहरूकाे हक, हित र अधिकार मात्रै हाेईन, व्यवसायीहरूकाे गरिमा र प्रतिष्ठाकाे समेत विकास गर्नु अबकाे आवश्यकता मात्रै हाेईन अपरिहार्यता पनि हो। यस व्यवसायलाई मर्यादित र प्रतिष्ठित बनाउनकाे लागि बाहिर बसेर अपेक्षा गर्नुकाे सट्टा आफै संस्थागत विकास गर्न अग्रसर हुनु बाञ्छनीय हुने ठानेर संस्थाको महत्त्वपूर्ण पदहरू मध्ये एकमा आफ्नो उम्मेदवारी उदघाेष गरेकाे हुँ । “

संघमा बसेर आफुले सक्ने याेगदान दिऊ भन्ने पवित्र उद्देश्यले नै आफुले उम्मेदबारी घोषणा गरेको भन्नु हु्दै थापाले देश भरका ब्यबसायी मित्रहरुलाई आफुलाई साथ दिन आह्वान पनि गर्नु भयो।

“मिहेनत, अनुशासन र इमानदारिता नै मैले जित्ने मुल आधारहरू हुन । साथीहरूले मेराे साेच र विचार ठिक ठानेमा निर्वाचित पदमा रहेर याेगदान दिनेछु नत्र बाहिरबाट पनि सहयाेग गर्नेछु ।” कोषाध्यक्षका उ्म्मेदबार थापाले भन्नु भयो।

नेपाल पशुपंछी औषधी ब्यवसायी संघ केन्द्रिय कार्यसमितिको १४ औं राष्ट्रीय महाधिबेशन तथा ३३ औं बार्षिक साधारण सभा यहि पुस २४ र २५ गते चितवनमा हुन गैरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!