नेपाल पशुपंछी औषधी ब्यवसायी संघको केन्द्रिय महाधिबेशनमा महासचिब पदमा दुईजनाको उम्मेदबारी

हुमाकान्त काफ्ले र दिनेश कट्टेलद्वारा उम्मेदबारी घोषणा

काठमाडौं, मंसिर १३, २०८०ः
रत्न काजि प्रजापति

नेपाल पशुपंछी औषधी ब्यवसायी संघको यहि पुस २४ र २५ गते चितवनमा हुन गैरहेको १४ औ राष्ट्रिय महाधिवेशनमा महासचिब पदको लागि दुईजनाले उम्मेदबारी घोषणा गरेका छन। उ्म्मेदवारी घोषणा गर्नेहरुमा बर्तमान कार्यसमितिका सदस्य हुमाकान्त काफ्ले र सचिब दिनेश कट्टेल रहेका छन। आज नौलोआयाम डटकम संग कुरा गर्नु हुदै दुबै उम्मेदबारहरुले महासचिब पदमा आ- आफ्नो उम्मेदबारी घोषणा गर्नु भएको हो।

२०६२ साल देखि निरन्तर रुपमा संघका हरेक गतिबिधिहरुमा आफु सक्रिय रुपमा सहभागी हुदै आएको बताउदै उम्मेदवार काफ्लेले पटक पटक अञ्चल अध्यक्षका रुपमा काम गरी पाएको अनुभब र हाल केन्द्रिय समितिमा रहि कार्य गरेको अनुभबलाई ब्यबहारमा उतार्ने बताउनु भयो।

ब्यबसायीहरु बिच सुमधुर सम्बन्ध स्थापना गर्न, ब्यबसायिक वर्गीकरणले निम्त्याएका समस्यालाई समाधान उन्मुख गर्न, पुनर्ताजगी तालिमको पहल गर्नको लागि आफ्नो  उम्मेदवारी रहने बताए। काफ्लेले पसल अनुगमनका नाममा भएको आतंक लाई चिर्न र सम्बन्धित सरोकारवाला सङ सहजीकरण गर्नको लागि आफुले पहल गर्ने बताउनु भयो।

त्यसैगरी अर्का उम्मेदवार बर्तमान सचिब दिनेश कट्टेलले ब्यबसायीले भोग्नु परेका हरेक समस्याहरुको समाघानमा आफ्नो पहिलो पहल कदमि रहने बताए। आफुले जि्ल्ला शाखा, प्रदेश कार्यसमिति र केन्द्रिय कार्यसमितिमा खेलेको प्रभाबकारी भुमिका नै आफ्नो जितको आधार रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!