अत्तरिया, मङ्सिर १६ गते ।
जाजरकोटका भूकम्प प्रभावितलाई नेपाल विद्यार्थी संघ कैलालीले सहयोग गरेको छ । कात्तिक १७ गते गएको भूकम्पबाट धेरै जनधनसहित विद्यालयको भवन ढलेपछि विद्यार्थीहरुलाई समस्या परेको र पठनपाठन ठप्प भएको भन्दै भवन निर्माणका साथै शैक्षिक सामग्री हस्तान्तरण गरेको नेविसंघ कैलालीका अध्यक्ष मनिश कुँवरले बताउनुभयो ।
नेविसंघले पहिलो चरणमा राहात र उद्धारको काम गरेको र त्यसपछि विद्यालय केन्द्रित काम गरेको अध्यक्ष कुँवरले बताउनुभयो । पहिलो चरणमा केन्द्रीय समितिको आयोजना र नेविसंघ जाजरकोट जिल्ला कार्यसमितिको व्यवस्थापनमा भेरी त्रिवेणी मावि रिम्नामा ६ कोठे अस्थाई भवन निर्माणसँगै खेलकुद तथा शैक्षिक सामग्रीहरु हस्तानतरण गरेको, दोस्रो चरणमा कैलालीले विद्यार्थीहरुलाई न्यानो कपडा (स्युटर, ट्रवाजर, थ्रमकोट, सर्ट) स्कुल ब्यागहरु त्रिभुवन आधारभूत विद्यालयमा हस्तान्तरण गरेको कुँवरले बताउनुभयो ।