तातिदै चुनाबी माहोलः धमाधम उम्मेदबारी घोषणा हुदै, कुन पदमा कस्को उम्मेदबारी?

काठमाडौं, मंसिर १६, २०८०ः

नेपाल पशुपंछी औषधी ब्यवसायी संघको १४ औ राष्ट्रिय महाधिवेशनको समय नजिकिदै गर्दा चुनाबी माहोल पनि तातिदै गएको छ। महाधिबेशनको समय नजिकिदै जादा उम्मेदबारी घोषणाको लहर पनि बढदै गएको छ। संघको अध्यक्ष लगायतका पदहरुमा उम्मेदबारी घोषणा गर्ने क्रम जारी छ।

हाल सम्म अध्यक्षमा १ जना, उपाध्यक्षमा दुईजना, महासचिबमा ३ जना, सचिबमा १ जना र कोषाध्यक्षमा १ जनाको उम्मेदबारी घोषणा भैसकेको छ।

बर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष रितेश रिमालले अध्यक्षमा उम्मेदबारी घोषणा गरि सकेको छ। त्यसैगरी उपाध्यक्ष आयात तर्फ बर्तमान कार्यसमितिका कोषाध्यक्ष सुना सुबेदि बडाल तथा उपाध्यक्ष थोक तर्फ बर्तमान कार्यसमितिका महासचिब नारायण भुजेलले उम्मेदबारी घोषणा गरी सकेका छन। संघको बिधान अनुसार कार्यसमितिमा तिन जना उपाध्यक्षको ब्यबस्था रहेको छ।

महासचिब पदको लागि भने तिनजनाले उ्म्मेदबारी घोषणा गरेका छन। बर्तमान कार्यसमितिका सचिब दिनेश कट्टेल, सदस्य हुमाकान्त काफ्ले तथा पुर्ब सदस्य सादुराम ढकाल (आशिष)ले उम्मेदबारी घोषणा गरेको छ। संघको बिधान अनुसार १ जना महासचिबको ब्यबस्था रहेको छ।

त्यसैगरी कार्यसमितिको सचिब पदको लागि बर्तमान सदस्य केशब शर्मा मरासिनि र कोषाध्यक्ष पदको लागि बर्तमान सदस्य राजेन्द्र थापा मगरको उम्मेदबारी घोषणा भएको छ।

हालसम्म सदस्य पदहरुमा कुनै पनि उम्मेदबारी घोषणा भएको देखिएको छैन। हालसम्मको उ्म्मेदबारी घोषणाको अबस्थालाई बिश्लेषण गर्दा संघको आगामि महाधिबेशनमा अधिकांश पदहरु निर्बिरोघ हुने अनुमान गरिएको छ।

नेपाल पशुपंछी औषधी ब्यवसायी संघ केन्द्रिय कार्यसमितिको १४ औं राष्ट्रीय महाधिबेशन तथा ३३ औं बार्षिक साधारण सभा यहि पुस २४ र २५ गते चितवनमा हुन गैरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!