भक्तपुर, मंसिर १७, २०८०ः
भक्तपुर चेम्वर अफ कमर्सको अध्यक्षमा कविदास श्रेष्ठ निर्वाचित भएका छन् । चेम्वरको आज सम्पन्न छैठौं वार्षिक साधारणसभा तथा तेश्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष कविदास अध्यक्ष चुनिएका हुन् । चेम्वरको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अनुसार श्रेष्ठ अध्यक्ष चुनिएका हुन।
त्यसैगरी कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्वाचित भएका छन् । उपाध्यक्ष पदमा एसोसिएटतर्फ जगतबहादुर श्रेष्ठ निर्वाचित भएका छन् भने अरु उपाध्यक्षहरु भक्तपुरबाट राधेसुन्दर साँंयजू, मध्यपुर थिमिबाट चन्द्रभक्त श्रेष्ठ, चाँंगुनारायणबाट गोकुलप्रसाद प्रजापति र सूर्यविनायकबाट माधबप्रसाद प्रजापति चुनिएका छन् ।
कार्यसमितिको महासचिवमा ज्ञानेन्द्र मानन्धर निर्वाचित भए भने कोषाध्यक्षमा सुरेन्द्र जाकिबञ्जार चुनिए । त्यसगरी सदस्यहरुमा अष्टबज्र बज्राचार्य, विजय हाछेथू, न्हुछेराम धुख्वा, पशुपति भुषाल, जीवन मारिखू, विक्रम प्रजापति, नानीबाबु थापा र कुलदीप जिसी निर्वाचित भएका छन । बाँंकी चार सदस्य्हरु मनोनित हुनेछ।
कार्यसमितिका अध्यक्ष न्हुछेंरत्न मानन्धर को सभापतित्वमा भएको साधारणसभा तथा अधिवेशनको उदघाटन नेपाल चेम्वर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेन्द्र मल्लले गरेका थिए।
