मध्यपुर थिमि, मंसिर १८, २०८०ः
रत्न काजि प्रजापति
मध्यपुर थिमि नगरपालिकाले अबदेखि अपाङ्गता भएका ब्यक्तिद्वारा निर्मित खाम मात्र प्रयोगमा ल्याईने भएको छ।
अन्तर्रास्ट्रिय अपाङ्गता दिबसको उपलक्ष्यमा मध्यपुर थिमि नगरपालिका महिला, बालबालिका तथा सामजिक समाबेशिकरण शाखाद्वारा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा नगर उपप्रमुख बिजय कृष्ण श्रेष्ठले उक्त जानकारी दिनु भएको हो।
शाखाद्वारा आयोजित अपाङ्गता भएका ब्यक्तिहरु्का लागि खाम बनाउने ब्यबसायको शुरुवात एब अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख श्रेष्ठले भन्नु भयो, “अपाङ्गता भएका ब्यक्तिहरुलाई स्वरोजगार बनाई ब्याबसायिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले कागजको खाम बनाउने कार्यको शुभारम्भ गरेका छौ। नगरपालिकाले उहाहरुद्वारा उत्पादित खामहरुको मात्र प्रयोग गर्नेछ साथै बजारीकरणमा समेत सहयोग गर्नेछ।”
उपप्रमुख श्रेष्ठले भन्नु भयो, ” बौद्दिक तथा शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई समाजमा स्थापित गरा उनु हामि सबैको दायित्व हो। “
उक्त खाम बनाउने कार्यको लागि नगरपालिकाले बिऊ पुंजिको समेत ब्यबस्था गरेको उपप्रमुख श्रेष्ठले जानकारी दिनुभयो।
