अवैध लागूऔषध खैरो हेरोइनसहित ठकुरी पक्राउ

मोरङ, मंसिर २१, २०८०ः

बिराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन ८० मिलिग्रामसहित झापा गौरादह नगरपालिका-४ बस्ने ३८ वर्षीय हरि बहादुर ठकुरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री ठकुरीलाई लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरीले उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!