काठमाडौं, ११ माघ २०७९:
आर्थिक मिडिया सञ्चालकहरुको संस्था आर्थिक मिडिया संचालक संघ नेपाल (इमान) को अध्यक्षमा रोयल आचार्य चयन भएका छन् ।
बुधबार काठमाडौंमा सम्पन्न भएको इमानको पहिलो अधिवेशनले केटिएम भ्वाइस डटकमका संचालक रोयल आचार्यलाई अध्यक्षमा निर्बाचित गरेको हो । इमानको उपाध्यक्षमा दैनिकी डटकमका माधव प्रसाद तिवारी र अर्थबजार डटकमका डिल्ली प्रसाद सापकोटा चयन भएका छन् । त्यसैगरी महासचिवमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल चयन भएका छन् भने उपमहासचिवमा अर्थतन्त्र डटकमका रामेश्वर कार्की र सचिवमा क्रसचेक मासिकका टंक कार्की चयन भएका छन् ।
संस्थाको कोषाध्यक्षमा रोजगार मिडियाका फणिन्द्रप्रसाद दाहाल र सहसचिवमा आर्थिक प्लस डटकमका अमिर लामा चयन भएका छन् भने कार्यकारी सदस्यमा कर्पोरेट बजारकी अप्सरा गौतम चयन भएकी छन् ।
आर्थिक विधाका सञ्चारमाध्यमहरुको पेशागत हकहितका लागि गठन भएको इमानमा हालसम्म २२ वटा आर्थिक मिडियाहरु आबद्द छन ।