देशमा अब कृषि क्रान्ति आउछ, आउनैपर्छ : युवा पोल्ट्री ब्यबसायी शिशिर किसि

शिशिर किसी
प्रबन्ध निर्देशक
जिजे पोल्ट्री प्रा. लि .
जगाती, भक्तपुर

लगभग ६६% नेपालीलाई प्रत्यक्ष-अप्रत्यक्ष रूपमा रोजगारी सृजना गरी राष्ट्रको कुल ग्राह्यस्थ उत्पादनमा ३६% योगदान दिने कृषि क्षेत्र, या सरल भाषामा भनौ, भोक-प्यास आँधीबेहरी नभनी हरेक नेपालीको भान्छामा पोषणयुक्त खाना पुर्याइ निर्धक्क भई हरेक दिनको छाक टार्न मिहिनेतको पसिना बगाइ, आफ्नै परिवारको छाक टार्न नि घिटघिट हुनेगरि मरिमेटी श्रमदान गरेका हाम्रा कृषक दाजुभाई र दिदीबहिनी लागिपरेका क्षेत्र हो यो। तर दुर्भाग्यवश बारम्बार मिहिनेतको सहि कदर नहुदा र रातदिन एक गरेर खट्दापनि उत्पादनले बजारमा सहि मुल्य नपाउदा, हाम्रा कृषक दाजुभाई र दिदीबहिनीहरु कतै-कतै निराश भई हरेस खानुभएको महसुस गर्छु म ।

सरकारले जुन अभिभावकको भुमिका निर्वाह गरि हामीलाई बाटो देखाउनु पर्ने थियो, संरक्षण गर्नु पर्ने थियो, राष्ट्रको ‘food security’ बलियो बनाउदै लानुपर्ने थियो, त्यो जिम्मेवारी आत्मसात् बहन गरेको म देख्दिन| तर यति भन्दै गर्दा कृषि क्रान्ति र यो क्षेत्रमा बेजोड उपलब्धि हासिल गर्नसकिन्छ भन्ने असम्भव लक्ष्य भने होइन| हामी युवाशक्ति यो भत्किन लागेको कृषि क्षेत्रको मजबुत जग बनि यहि क्षेत्रलाई राष्ट्रको अर्थतन्त्रको मेरुदण्ड बनाइ नेपाललाई सहि दिशातर्फ उकास्न सक्छौँ । बैंकहरुमा, ठूलाठूला ग्रुपका कम्पनीहरूमा, विदेशका बहुराष्ट्रिय कम्पनिहरूमा डलर कमाउने सपना देख्न छाड्नुस भन्न म चाहदिन, किनकी देशमा पर्याप्त रोजगारीको अवसर र पहुच जो कोहिलाई छैन र सानोतिनो जागिरले न त परिवार पाल्न पुग्छ न त आफ्नो सपना पुरा गर्न | यति बुझेर पनि आँटेर बस्नेहरुलाई मेरो यो विनम्र अनुरोध, यहि चक्रव्युहलाई अब हामी युवा मिलेर तोड्नुपर्छ | हामीले सरकारलाई सम्झाउनुपर्छ, झकझक्याउनु पर्छ, र अट्टेरी गरे भने तर्साउनु पनि पर्छ| गएका पुस्ताहरू सित लगनशीलता नहोला हाम्रो तर ‘इन्फरमेसन एज’ मा हुर्किएका हौँ हामी, यसको भरपुर फाइदा उठाऔ, लागत खर्च घटाउन, उत्पादकत्व बढाउन नया प्रविधि भित्राऊँ, डिमाण्ड एण्ड सप्लाई लाई बुझेर मात्रै भएन, त्यसलाई बजार व्यवस्थापन गर्न प्रयोगमा ल्याऊँ, कोल्ड चेनको अवधारणा ल्याउँ। पाखुरा हुनेले उब्जनी गरौँ, उत्पादन बढाऔ, लगानी गर्नसक्ने, बुध्दिजीवीले बजार व्यवस्थापन गरौ, भएको उत्पादनको बजार सुनिश्चित गरौ, ‘value add’ गरेर ‘आयात कै लक्ष्य बनाऔ न ।

यो देशमा अब कृषि क्रान्ति आउछ, आउनैपर्छ | यहि नयाँ सोचले ल्याँउछ, यहि नयाँ जोशले ल्याँउछ, यहि युवा पुस्ताले ल्याउछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!