कृष्ण प्रजापति,
विकास निर्माणको लागि लगानी पहिलो आवश्यकता रहन्छ । नयाँ तर कुनै क्षेत्रमा उच्च दर्जाको सफलता कायम गरेका भक्तपुरका १९ जना सफल ब्यवसायीहरुले भक्तपुरको दक्षिण भागको पहाडी क्षेत्रलाई उज्ज्वल बनाउने कार्यमा आफ्नो लगानी समर्पण गरेका छन् । भक्तपुर त्यसै पनि अति सुगम र दुर्गम स्थान भएको जिल्ला हो । त्यसमा पनि नगरबाट ५ किलोमिटर मात्रै टाढा रहेको स्थान जुन स्थानबाट भक्तपुर मात्रै होइन कि पूरा काठमाडौं उपत्यका अति नजिकबाट हेर्न मिल्छ । उक्त स्थानमा रहेको उच्च भागमा आफै टावर भएरै उभ्याइएको छ होटेल घ्याम्पेडाँडा । होटेल बन्नु पूर्व सो स्थानमा साना तिना चिया पसल र मादक पदार्थ बेच्ने केही पसल थियो । ललितपुरका बिकट गाउँहरुबाट सूर्यविनायक भएर नगर पस्न र काभ्रे जिल्लाको पश्चिमी भागबाट सूर्यविनायक भएर सजिलै नगर प्रवेशको लागि संगम स्थलको रुपमा घ्याम्पेडाँडाको बाटो अति प्रचलित थियो । सो स्थानमा कुनै पनि पानीको श्रोत नभएका कारण नजिकको कुवा पँधेराबाट सयौं वर्षसम्म मानिसहरुले बाटो हिड्ने ती ललितपुरका दुर्गम गाउँ र काभ्रेको दुर्गम स्थानबाट पात, कोदो, दाउरा बेच्न भारी बोकी उत्तफ् स्थानमा आउने यात्रुहरुका लागि घ्याम्पोमा हालेर पानी ख्वाउने ब्यवस्था गरेका थिए । कालान्तरमा त्यसरी घ्याम्पोमा सितल गरी आरामसाथ पानी खान पाउने स्थानको नाम नै ती भरिया, यात्रु वा काभ्रे र पाटनका गाउँले मिलेर घ्याम्पेडाँडा भनेर राखिदियो । हाल सम्म त्यो प्रचलनमा छ ।
यस्तो अनकन्तार र कोही नआउने जस्तो बसोबास कम रहेको स्थान रोजेर भक्तपुरका सफल ब्यवसायीहरुले ६ तल्लाको भब्य भवन निर्माण गरी होटेल घ्याम्पेडाँडा सञ्चालनमा ल्याएका छन् । ५ रोपनी जग्गामा बनाइएको होटेल घ्याम्पेडाँडा रातको समयमा बतीको कारण र दिनको समयमा जंगलबीच उभिएर बसेको कारण भक्तपुर नगर र वरपर बस्ने जो कोहीले आकासमा रहेको ध्रुबतारा जस्तै स्पष्ट देख्न पाएका छन् । जंगल पनि कम बाक्लो छैन । त्यसैले पनि कुनै बखत त्यो जंगल भित्र पस्नु पनि एक खालको चुनौतीको काम हुन्थ्यो । केही वर्ष अगाडिसम्म चितुवाले बच्चा लगेको, बाटोमा हिड्दा चितुवा देखेको र चितुवा कराएको सुनिने सो जंगल अहिले पनि घना जंगलहरु मध्येको एक हो । सूर्यविनायक जंगलसंगै जोडिएको उत्तर मोहडाको जंगल छिचोलेर घ्याम्पे डाँडा पुग्नु पर्ने कारण अहिले पनि नियमित यात्रा गर्नेहरुले चितुवालाई बाटोमा हिड्दै गइरहेको देख्ने गरेका छन् । चितुवा मात्रै होइन जंगली कुखुरा कालिज, जंगली खरायो, लामपुच्छरे चरा लगायत विभिन्न जंगली जनावर र पशुपंक्षीहरुको प्राकृतिक दृष्य पनि सोही होटेल घ्याम्पेडाँडाको यात्राको क्रममा देखिन्छ ।
नेपाल सरकारले सूर्यविनायक जोडिएको सो जंगल क्षेत्रलाई विशाल खुल्ला प्राणी उद्यान केन्द्रको रुपमा उद्घाटन गर्ने गरेपछि अहिले चालुमा रहेको सूर्यविनायक घ्याम्पेडाँडा सडक बाटो बन्द गर्ने चर्चा चलिरहेको छ । तर त्यसको विकल्पको रुपमा गुण्डुबाट माथि आउने सडक बाटो भने हाल निर्माणको अन्तिम चरणमा पुगिसकेको छ । घ्याम्पेडाँडा होटेलको माथि नै जीप लाइन, साइकल लाइन र घोडा चढ्ने बन्दोबस्त गरी थप पर्यटनको आकर्षणको केन्द्र बन्दै गरेको समेत मूल्यांकन गर्दा भत्तफ्पुरको दक्षिणी भाग उज्ज्वल बनाउनको लागि होटेल घ्याम्पेडाँडा नमूना होटेलको रुपमा कायम हुने देखिन्छ । अहिले नै त्यहा पाँच तारे होटेलको सुविधा दिने गरी दुबई, कतार र साउदी अरवमा लामो समयसम्म काम गरेका ब्यक्तिहरुलाई म्यानेजर बनाएर काम अगाडि बढाइरहेको अवस्था छ । हाल विनोद गिरी ककटेल मकटेलदेखि सम्पूर्ण खाद्य परिकारहरु हेर्ने गर्नुहुन्छ ।
१४ महिना अगाडिबाट सञ्चालनमा आएको होटेल घ्याम्पेडाँडाले २०७४ सालमा भक्तपुर घरेलु तथा उद्योग वाणिज्य संघमा संस्था दर्ता गरी भवन निर्माणको कार्य अगाडि बढाएको थियो । सामान खरिद र ब्यवस्थापन गर्न रत्नप्रसाद प्रजापतिको अध्यक्षतामा एक निर्देशक समिति गठन गरिएको छ । भक्तपुरको दक्षिण भागमा रहेको यो अहिलेसम्म कै सबै भन्दा ठूलो लगानी भएको होटेल हो । हालसम्म ३५ करोड लगानी भएको उक्त होटेल ८० करोड सम्मको सम्पत्ति जुटाउन सफल भएको छ । होटेल भित्र ३७ वटा साना ठूला कोठाको ब्यवस्था गरिएको छ । सालाखाला एउटा कोठामा ४ जनासम्मको पाहुना अटिने हिसाबले १५० जना सम्मको पाहुना बस्न मिल्ने होटेलको क्षमता रहेको छ । सिम्पल, डिलक्स र स्वीट रुम भनेर तीन थरी कोठाको बन्दोबस्त छ । १५० जना सम्म क्षमता रहेको ठूलो हल र ३० देखि ३५ जनासम्म अट्ने अर्को सानो हल गरी दुई वटा हलहरु छन् ।
जुरुक्क बिहान उठ्दा भत्तफ्पुर शहर छर्लंग देखिन सकिन्छ भने गणेश हिमश्रृखलाको रमाइलो दृष्यको लागि होटेल घ्याम्पेडाँडा अति उत्तम स्थान हो । महाभारत पहाड चढेर हिमाल हेरेको अनुभव सो क्षेत्रबाट गर्न सकिन्छ । भक्तपुर राम्रोसंग नजिकबाट देखिन सकिन्छ भने काठमाडौं उपत्यकाको सबै भाग देखिन्छ । होटेल भित्रबाट माथि कौशीमा जाँदा र भक्तपुरको कुनै पनि स्थानबाट हेर्दा पनि होटेल आफैमा एउटा टावर हो भन्ने देखिन्छ । सो क्षेत्र वरपर जंगल देखिने र वातावरण सफा देखिने कारणले पनि भक्तपुरको दक्षिण भागलाई चम्काउने कार्यमा होटेल घ्याम्पेडाँडाको स्थापनाले उच्च स्थान राखेको पाइन्छ । त्यसमा पनि नाम अनुसार सो होटेल भन्दा अलि माथि प्रतीकको रुपमा सिमेन्टको घ्याम्पो बनाएर सो क्षेत्रलाई चिनाउने एक चिनो बनाएर उद्घाटन भएपछि हिडेर पनि एक देढ घण्टा भित्र सो क्षेत्रमा आउने आन्तरिक पर्यटकहरुको कमी छैन ।
सो क्षेत्र पहिला रानीकोट वा राजा रानीहरु हिउँदमा आराम गर्न आउने दरवार थियो । रानीकोट दरवार भग्नाबशेषमा परिणत भएपछि भने सो क्षेत्र निकै दुर्गम ठाउँ जस्तो रहेको थियो । रानीबन, रानीकोट र रानी कुवा समेत अस्तित्वमा रहेको देखिएपछि बिस्तारै सो क्षेत्रलाई कसरी पर्यटक भित्रयाउने स्थान बनाउन सकिन्छ भनेर नयाँ पुस्तामा खोज सोच भयो । सोही दुरगामी सोचको एउटा नमूना हाल घ्याम्पेडाँडा रहेको छ । रानीकोट घुम्न आउने र पछि एउटा हवाई दुर्घटना हुँदा बाँचेको पाइलटले पाइलट बाबा आश्रम बनाई दिएकाले सो क्षेत्र पुग्ने पर्यटकहरुको लागि पनि उत्तफ् स्थान अति सुन्दर स्थान भनेर चिनिन्थ्यो । पछि उत्तफ् स्थानमा नै रही एउटा स्कुल र चोर मात्रै कायम रहेको स्थान रोजेर बनाइएको होटेल घ्याम्पेडाँडाको विशेषता भनेको जोडीको लागि रु. ७५००। मा बेलुकीको खाना, बस्ने र बिहानको स्तरीय चियापान हो ।
स्थानीय निबासी चित्र तामांगले ल्याएको घोडाको फोटो खिच्ने र चढ्ने सुविधा, जीपलाइन र साइकलिंग जस्ता सुविधाको लागि होटेल घ्याम्पेडाँडा सहयोगी र सहुलियत दरमा टिकट काट्न सक्ने सुविधा दिएर बसेको छ । स्थानीय वडा अध्यक्षले आफ्नै प्रयासमा सूर्यविनायकदेखि हालको होटेल घ्याम्पेडाँडा हुँदै रानीकोटसम्म सडक निर्माण कार्यको जिम्मेवारी लिई सो स्थानलाई अति दुर्गम स्थानबाट हाल सुगम स्थानमा परिणत गरेको कुरालाई पनि बिर्सन सकिन्न । होटेल सञ्चालनको लगतै कोरोना महामारीले ५ महिना ठप्प भएपनि १४ महिना भित्रै ४।५ करोडको ब्यापार गरेर होटेललेआफ्नो ब्यवसायिक उपस्थिति देखाइसकेको छ । सो क्षेत्रको विकासको लागि एनटीसीको टाउर सही ढंगमा सञ्चालन गर्नुपर्ने तथा हाल सो क्षेत्रमा उपलब्ध नभएको ्ल्याण्ड्लाईन टेलिफोन सेवाको समेत ब्यवस्था हुनुपर्ने होटेल सञ्चालक राजेन्द्र प्याथ बताउँछन् ।
