मध्यपुरमा बाैद्विक तथा शारीरिक अपाङ्ता भएका ब्यक्तिहरूकाे लागि विशेष खेलकुद ः नगरप्रमुख श्रेष्ठद्वारा उदघाटन

मध्यपुर थिमि, पुष १३, २०८०ः

कृष्ण किसि

बाैद्विक तथा शारीरिक अपाङ्ता भएका ब्यक्तिहरूकाे अवस्थाका बारेमा सराेकारवाला निकायलाई जानकारी दिई ध्यानाकर्षण गराउने एवं अशक्तहरूकाे हाैसला बढाउने, अशक्तका अभिभावकहरूबीच आपसी परिचय र अनुभव आदानप्रदानलगायतका उद्देश्य राखी राष्ट्रिय सुस्त मनःस्थित कल्याण संस्था- नेपाल जिल्ला शाखा भक्तपुरले उपत्यकाब्यापी विशेष खेलकुद कार्यक्रमकाे आयाेजना गरेकाे छ ।

शुक्रबार स्थानीय गठ्ठाघरस्थित खेलमैदानमा सम्पन्न कार्यक्रममा काठमाडौ, ललितपुर , भक्तपुर र काभ्रेकाे बनेपामा शारीरिक तथा अपाङ्ता ब्यक्तिहरूलाई अध्ययन अध्यापक गराउने २२ वटा बिद्यालय तथा संघसंस्थाबाट ५५ जना महिला र ५९ जना पुरूष गरी १ सय १४ जना शारीरिक तथा बाैद्विक अपाङ्गता बिद्यार्थीहरूकाे सहभागिता रहेकाे आयाेजक शाखाका अध्यक्ष श्रीराम चक्रधरले जानकारी दिनुभएकाे छ ।

अध्यक्ष चक्रधरले विशेष खेलकुद कार्यक्रम अन्तर्गत ५० मिटर, १०० मिटर दाैड, सफ बल थ्राे, स्ट्यानडिङ लमजम गरि चार बिधामा प्रतियोगिता भएकाे थियाे भने खेलकुदकाे निर्णायक मानव विद्या गृहका प्रधानाध्यापक बाबुकृष्ण रंजितले गर्नुभएकाे बताउनुभयाे ।

खेलकुद कार्यक्रमकाे उद्घाटन गर्नुहुँदै मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले शारीरिक अशक्त ब्यक्ति तथा अभिभावकहरूकाे समस्याप्रति अाफुहरू गम्भीर रहेकाे भन्दै शारीरिक अशक्त तथा बाैद्विक अपांगहरूकाे क्षेत्रमा कार्य गर्न नगरपालिका सदैव तयार रहेकाे बताउनुभयाे । उहाँले उनीहरूकाे उचित स्याहारसुसार तथा शैक्षिक गतिविधि गर्न नगरपालिकाले विशेष कार्यक्रमका साथ बजेट समेत बिनियाेजन गरेकाे बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!