अयोध्याको राममन्दिरमा प्राण प्रतिष्ठा सम्पन्न

माघ ८, २०८० काठमाडौँ:

भारतको अयोध्यामा नवनिर्मित राममन्दिरमा प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिउँसो १२ बजेर २९ मिनेटको साइतमा मुख्य पुजा सुरु गरेका थिए। प्राण प्रतिष्ठाका बेला प्रधानमन्त्री मोदीले रामको मूर्तिमा फूल र वस्त्र अर्पण गरेका थिए । मोदी प्राण प्रतिष्ठाका मुख्य यजमान हुन् ।

उक्त अवसरमा गर्भगृहमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, राष्ट्रिय स्वयं सेवक संघका प्रमुख मोहन भागवत लगायत उपस्थित रहेका थिए । प्राण प्रतिष्ठाका बेला भारतीय वायुसेनाको हेलिकोप्टरबाट मन्दिरमा पुष्प वर्षा गरिएको थियो । कार्यक्रमका लागि भारतका सयौं नामी हस्तिहरुलाई आमन्त्रण गरिएको थियो । मन्दिर परिसरमा हजारौं भक्तजन भेला भएका छन् । सोनू निगम, अनुराधा पौडयाल, शंकर महादेवन जस्ता गायक, गायिकाले कार्यक्रममा भजन गाएका छन् ।

बीबीसी हिन्दीका अनुसार कर्नाटकको पत्थरबाट रामको मुख्य मूर्ति निर्माण गरिएको हो । यो मूर्ति अरुण योगीराज नामका व्यक्तिले बनाएका हुन् । मन्दिरको जग एक हजार वर्षसम्म केही नहुने गरी तयार पारिएको छ ।

६ हजार मानिसले एकै पटक जुत्ता, चप्पल र मोबाइल बाहिर राखेर रामको दर्शन गर्न मिल्ने गरी मन्दिर परिसरमा केन्द्र तयार पारिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!