झापा, माघ १३, २०८०ः
रत्न काजि प्रजापति
नेपाल पशुपंक्षी औषधि बजार प्रतिनिधि संघको मेची शाखा बिस्तार कार्यक्रम सम्पन्न भएको छ। झापाको भुरुंगामा आज आयोजना गरिएको बनभोज तथा शाखा बिस्तार कार्यक्रममा दिपक सुबेदीको अध्यक्षतामा ११ सदस्यिय मेची शाखा गठन गरेको छ।
नबगठित शाखाको उपाध्यक्षमा खेम नेपाल, सचिबमा राजेश गजुरेल, सहसचिबमा खेम दुलाल र कोषाध्यक्षमा प्रेम चापागाई चुनिनु भएको छ।
त्यसैगरी सदस्यहरुमा सतिश सिंह चौहान, मोहन कट्टेल,बिकास दाहाल, राजन राज रिजाल, शुसिल भट्टराई र निश्चल सुबेदी चयन भएको छ।
नेपाल पशुपंक्षी औषधि बजार प्रतिनिधि संघ नेपाल भरी छरिएर रहेका पशु औषधीको बजार ब्यबस्थापन गर्ने बजार प्रतिनिधिहरुको छाता संगठन हो।


फोटो सौजन्य ः भुवन खतिवडा