सिमरा माघ १३, २०८०ः
नेपाल पशुपन्छी औषधि ब्यवसायी संघ नारायणी शाखाको अध्यक्षमा श्याम किशोर कुशवाहा निर्वाचित हुनु भएको छ।
संघको आज सम्पन्न भएको १३औं बार्षिक साधारणसभा तथा छैठौ अधिवेशनबाट कुशवाहा सर्वसम्मत रुपमा अध्यक्षमा निर्बाचित भएका हुन।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा विजय राज रेग्मी, सन्तोष दाहाल र राम प्रसाद चौरसिया निर्वाचित भएका छन।
त्यसैगरी सचिवमा मुनिलाल पण्डित, सहसचिबमा धनेन्द्रराज पाण्डेय र कोषाध्यक्षमा जुक्ति पासवान निर्वाचित भएका छन।
कार्यसमितिका सदस्यहरुमा तारानन्द शाह, जवाहर लाल शाह, विकास उपाध्याय र विजयकान्त झा निर्वाचित भएका छन।
नेपाल पशुपन्छी औषधि ब्यवसायी संघ नेपाल भरी छरिएर रहेका पशुपंक्षी औषधी ब्यबसायीहरुको हकहित र पेशागत मर्यादाको रक्षा गर्न स्थापित छाता संगठन हो।