दुई नेपाली कम्पनीका तीन औषधि गुणस्तरहीन ः बिभागद्वारा बिक्रीमा रोक

काठमाडौं, फागुन १८, २०८०ः

औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालि र फर्माको इन्टस्ट्रिज् लिमिटेडद्वारा उत्पादित औषधिहरु गुणस्तरहीन रहेको जनाएको छ। बिभागले बजार अनुगमनको क्रममा संकलन गरिएका ऐलोपेथिक औषधिहरुको नमुना राष्ट्रिय औषधि प्रयोगशालाबाट परिक्षण गर्दा न्युन गुणस्तरको पाईएको हो।

काठमाडौं स्थित लोमस फर्मास्यूटिकल्स प्रालिद्वारा उत्पादित दुई प्रकारको औषधि न्यून गुणस्तरको फेला पारेको हो । लोमसद्वारा उत्पादित ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल र ‘हेल्माप्रेन’ नामक अलबेन्डाजोल ४०० एमजी ट्याब्लेट न्यून गुणस्तरको पुष्टि भएको छ ।

यसैगरी, विभागले परीक्षण गर्दा काठमा्डौं रामकोटको फर्माको इन्टस्ट्रिज् लिमिटेडद्वारा उत्पादित ‘मेट्रो पी’ नामक मेट्रोनिडाजोल औषधि पनि न्यून गुणस्तरकोे भएको पुष्टि गरेको छ ।

बिभागले औषधि ऐन, २०३५को दफा १४ बमोजिम यी औषधीहरुको बिक्रि वितरण रोक्का गरि बजारबाट तुरुन्त फिर्ता (Recall) गर्न र सोको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योगहरु तथा तिनका प्रतिनिधिहरुलाई निर्देशन दिएको छ। बिभागले उत्पादक कम्पनीलाई हाल बजारमा रहेको औषधि फिर्ता गरी सोको विवरण विभागमा बुझाउन समेत निर्देशन दिएको छ । साथै बिभागले उल्लेखित औषधिहरुको सिफारिस, बिक्रि वितरण तथा प्रयोग समेत नगर्न र नगराउनु हुन सम्बन्धित सबैलाई अनुरोध गरेको छ।

यस अघि पनि बिभागद्वारा माघ महिनामा गरिएको परिक्षणमा लोमसको ओएनओ सिरप र पारासिटामोल न्यून गुणस्तरको पाइएको भन्दै बिक्रीमा रोक लगाएको थियो ।

बिभागको विज्ञप्ति:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!