बागमती प्रदेश स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीलाई पोशाक वितरण तथा विदाई

भक्तपुर, फागुन २०,२०८०:

बागमती प्रदेश स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मा सहभागी हुने खेलाडीलाई पोशाक वितरण तथा विदाई कार्यक्रम सम्पन्न भएको छ ।  भक्तपुर जिल्लाबाट  प्रतियोगितामा सहभागी हुने खेलाडीहरु, टीम म्यानेजर, कोच सहित ११७ जनालाई समितिले पोशाक बितरण गरेको हो ।

भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष  दिपक थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा समितिका सदस्यहरु, बिभिन्न जिल्ला खेलकुद संघका अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले खेलाडीहरुलाई मेहनत पुर्बक अनुशासित भएर खेल खेल्न निर्देशन दिनु भयो। अध्यक्ष थापाले प्रतियोगितामा खेलाडीहरुबाट राम्रो प्रदर्शन हुने आशा ब्यक्त गर्दै खेलाडीहरुलाई बिजयको शुभकामना ब्यक्त गर्नु भयो।

चितवनमा सम्पन्न हुने बागमती प्रदेश स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भक्तपुर जिल्लाले एथलेटिक्स , उसु, भलिबल, कब्बडी, कराते र  तेक्वान्दो खेलमा सहभागिता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!