परिवर्तनशील आवाज तथा परिवर्तन समाज भक्तपुरको सात दिने तालिम शुरु

भक्तपुर, फागुन २०, २०८०:

राम चन्द्र प्रजापति।

परिवर्तनशील आवाज तथा परिवर्तन समाज भक्तपुरको आयोजनामा सात दिने  प्रभावकारी कुशल नेतृत्व विकास तालिम परिवर्तन समाजका अध्यक्ष राम चन्द्र प्रजापतिको सभापतित्वमा कुम्पाख खाजा घर सुन्दरवस्ती सुर्यविनायकमा उद्घघाटन  कार्यक्रम सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य एवं चांगुनारायण नगरपालिकाका पूर्व मेयर सोम प्रसाद मिश्रले  आफू नेतृत्व विकास तालिमै लिएर नेतृत्व तहमा पुगेको होइन त्यो वेला यसरी तालिम भनेको खासै हुने नगरेको आफू पनि राजनीति लगाएत विभिन्न संसस्था शैक्षिक नेतृत्व तहमा पुगिएको जसले गर्दा नेतृत्व के कसरी गर्न पर्ने सहि निर्णय सहि समयमा नेतृत्वले गर्नु पर्ने कामको अनुभवबाट सिकेको बताउनु भयो।

३५ जना भन्दा बढी प्रशिक्षार्थी भएको तालिममा प्रमुख अतिथिले सबैले तालिम लिइ सकेपछि सिकेका ज्ञान सीप आफ्नो व्यवसाय संसंस्था राजनीति ,आफ्नो परिवार लागाएतमा नेतृत्वको भुमिका जिवनका पाईलामा जिवनपयोगी होस भनी शुभकामना व्यक्त गर्नु भयो।

प्रशिक्षक सत्य सुवालले नेतृत्व आफ्नो क्षमता अनुसार सबैले नेतृत्वको भुमिका खेलेको हुन्छ जति आफ्नो प्रभाव पर्न सकिन्छ त्यति नै नेतृत्वको क्षमाताको विकास हुन्छ र नेतृत्व क्षमताको अभिवृद्धि नेतृत्वले गर्दै जानू पर्ने बताउनु भयो।कार्यक्रममा संस्थाका सचिव अक्षय सुन्दर प्रजापति ,कार्यक्रम संयोजक लक्ष्मी शिलाकार, भक्तपुर नगरका राजनीति नेता राम गोपाल चगुठी रोम्बस सेकेण्डरी स्कुलका प्रीन्सिपल डा.राजेन्द्र कोजु लागाएतले सात दिने प्रभावकारी  नेतृत्व विकास  प्रशिक्षण तालिमको सफलाताको शुभकामना दिनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!