काठमाडौं, फागुन २२, २०८०ः
मेटा कम्पनीले सञ्चालनमा ल्याएका सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या देखिएको छ। मङ्गलबार साँझ विश्वव्यापी रूपमा यी प्लेटफर्म डाउन भएका हुन्।
विशेषगरी अकाउन्ट आफै लगआउट हुने समस्या देखिएको छ। मङ्गलबार बिहानैदेखि फेसबुकमा विभिन्न समस्या देखिरहेका थिए। विशेषगरी पोस्ट अपडेट गर्दा वा एडिट गर्दा पोस्ट तथा एडिट नहुने, आफै डिलिट हुने समस्या देखिएको थियो।