भक्तपुर, माघ २५, २०७९ः
भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कासन र भुलाछेंमा मासु पसलहरु र बधस्थल अनुगमन गरियो । अनुगमनमा बधस्थलमा भुईं भित्ता सफा गर्न मिल्ने गरी मार्वल वा टायल राखी सफा गर्न पटक पटक निर्देशन दिंदा समेत सुधार नभएको संयोजक गोराले बताउनुभयो ।
अनुगमनमा कालिका कोल्ड स्टोर अत्याधिक मात्रामा फोहर देखिएको, माकुराको जालोले भरिएको र सरसफाई सम्बन्धि न्युनतम मापदण्ड समेत पुरा नगरकोले तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुने निर्देशन दिई पसल नविकरण गर्न, मुल्य सुचि राख्न, तराजु नापतौल विभागमा नविकरण गर्न, भुई भित्ता सफा गर्न मिल्ने गरी कर्पेट वा टायल राख्ने, सरसफाईमा ध्यान दिनुपर्ने, एप्रोन सेतो प्रयोग गर्नुपर्ने, मासु झिंगा नभन्किने गरी र धुलो नजाने गरी जालिले छोपेर राख्न वा सिसाको बाकस बनाई व्यवस्थित गर्न, मासु काट्ने औजार र भाडावर्तन सफा राख्न निर्देशन दियो ।
त्यस्तै रामेछाप कोल्ड स्टोरमा तराजु नापतौल विभागमा नविकरण गर्न, सरसफाईमा ध्यान दिन निर्देशन दियो । महाकाली मिट सपमा सरसफाई सम्बन्धि न्युनतम मापदण्ड समेत पुरा नगरकोले र तराजु नविकरण नभएकोले थान १ जफत गरी तीन दिन भित्र कार्यालयमा उपस्थिन हुन निर्देशन दिई फ्रिज फोहर विग्रेकोले नयाँ प्रयोग गर्न, नविकरण गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न, भुई भित्ता सफा गर्न मिल्ने गरी कर्पेट वा टायल राख्ने, सरसफाईमा ध्यान दिनुपर्ने, एप्रोन सेतो प्रयोग गर्नुपर्ने, मुल्य सुचि राख्ने, मासु झिंगा नभन्किने गरी र धुलो नजाने गरी जालिले छोपेर राख्न वा सिसाको बाकस बनाई व्यवस्थित गर्न, मासु काट्ने औजार र भाडावर्तन सफा राख्न निर्देशन दियो भने विग्रेको बासी मासु ५ केजि जफत गरि नष्ट गरिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
त्यस्तै महाकाली मिट स्टोर तथा बधस्थल नविकरण गर्न, मुल्य सुचि देखिने गरी राख्न, बधस्थल फोहर देखिएको, भुई भित्ता सफा गर्न मिल्ने गरी मार्वल वा टायल राख्न र भुईमा मासु व्यवस्थापन गर्दा रोगका किटाणुहरुबाट संक्रमण हुने भएकोले टेबुलमा मासु व्यवस्थापन गर्नुपर्ने, कामदारहरुलाई एप्रोन, माक्सपञ्जा, हेयरनेट नभएकोले अनिवार्य प्रयोग गर्न दिन, मासु काट्ने औजार र भाडावर्तन सफा राख्न, किमा बनाउने स्थानमा फोहर भएकोले मासुपेल्ने मेशिन र टेबल सफा राख्न, ढल निकासमा भुडिको फोहरहरु सिधै नपठाउन निर्देशन दिई तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
अनुगमनमा अनुगमन समितिका सदस्य ज्ञान बहादुर मानन्धर, भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, जिल्ला प्रशासन कार्यालय भक्तपुरका यादव प्रसाद मिश्र, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक दिपेश भुजेल र भक्तपुर उद्योग बाणिज्य संघका विश्वराम दुवाल, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, पशु सेवा कार्यालय भक्तपुरका पार्वती योञ्जनको सहभागी थियो ।
…