स्वतन्त्र पत्रकार संघ, नेपाल भक्तपुरको अध्यक्षमा सुरेश सैंजू निर्वाचित

भक्तपुर, माघ २५, २०७९ः

स्वतन्त्र पत्रकार संघ, नेपाल भक्तपुरको अध्यक्षमा सुरेशप्रसाद सैंजू निर्वाचित भएका छन् । संघको बुधबार भएको तेश्रो अधिवेशनले सैजूको अध्यक्षतामा ११ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित भएको हो । संघको उपाध्यक्षमा रेणु त्वानाबासु, सचिवमा प्रेम प्रजापति, सहसचिवमा राजन कुसी, कोषाध्यक्षमा अनिल फोंजू निर्वाचित भएका हुन् । यस्तै सदस्यहरुमा सूर्यमान श्रेष्ठ, राजाराम नापित, सुनिल दुवाल र रामकृष्ण प्रजापति निर्वाचित भएका हुन् ।

अधिवेशनको उदघाटन संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष के वी सम्राटले गरेका थिए । उदघाटन कार्यक्रममा संघका केन्द्रिय सल्लाहकार ड। इन्दुल केसी, केन्द्रिय उपमहासचिव रत्न काजि प्रजापति, काठमाडौंका जिल्लाअध्यक्ष पुष्कराज पाण्डे, ललितपुरका जिल्ला अध्यक्ष उपेश नौवाग, केद्रिय पार्षद् डा कृष्ण किसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

निर्वाचित पदाधिकारीहरुलाई बुधबार नै पद तथा गोपनियताको शपथ ग्रहण गराइयो ।

नवनिर्वाचित अध्यक्ष सैजू जनसञ्चार एफएमका अध्यक्ष हुन् । उपाध्यक्ष त्वानाबासु अन्नपूर्णकर्मी, सचिव प्रजापति भक्तपुर न्यूज अपडेट अनलाइन, सहसचिव एवीसीडी खवर अनलाइनकर्मी, कोषाध्यक्ष फोंजू छाता पोष्ट अनलाइनका सम्पादक तथा सदस्य सुर्यमान श्रेष्ठ ्लोकबोली डटकममा आबद्द हुनु हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!