घोराही, जेठ ९,२०८१ः
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबिबिएस तहको अध्यापन गराउने तयारी गरेको छ । आगामी शैक्षिक सत्रदेखि अध्यापन गराउने गरी एमबिबिएस कार्यक्रमको पाठ्यक्रम समेत तयार गरेको छ ।
चिकित्सा शिक्षा आयोगसहित आठ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यशाला गोष्ठीले तयार पारेको पाठ्यक्रमलाई अन्तिम रूप दिइएको प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिनु भएको छ।
“यही शैक्षिक सत्रदेखि नै एमबिबिएस कक्षा सञ्चालन गर्ने तयारी छ । त्यसका निम्ति चिकित्सा शिक्षा आयोगबाट हुने सेल्फ अप्राइजल पास, अत्याधुनिक ल्याब, पूर्वाधार तथा जनशक्तिको तयारीमा प्रतिष्ठान जुटेको छ ।” लम्सालले जानकारी दिनु भयो। लम्सालले भन्नुभयो, “सकेसम्म यही शैक्षिक सत्रदेखि एमबिबिएस कक्षा सञ्चालनको तयारी गरेका छौँ, महत्वपूर्ण पाटो पाठ्यक्रम हो, पाठ्यक्रम निर्माण भइसकेको छ, अब अन्तिम रूप दिइन्छ ।”