नेपाल पशुपंक्षी औषधि व्यवसायी संघद्वारा संचालित अनलाईन कक्षा भब्य रुपमा सम्पन्न

देशभरीका ३ सय ५९ ब्यबसायीहरु परिक्षामा सहभागी हुदै

काठमाडौं, जेठ १७, २०८१ः
रत्न काजि प्रजापति

नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ केन्द्रिय समितिले पशु औषधि व्यवसायी तालिमको परिक्षालाई मध्यनजर गर्दै जेठ १० गते देखि संचालन गरेको अनलाईन कक्षा आज सम्पन्न भएको छ।

जुमको माध्यमबाट जेष्ठ १० गते देखि जेष्ठ १६ गते सम्म प्रत्येक दिन विहान ६:०० बजे देखी ८:०० बजे सम्म दैनिक दुई घण्टाको लागि कक्षा संचालन गरिएको भएता पनि आज एक दिन थप कक्षा संचालन भएको संघका केन्द्रिय महासचिब सादुराम ढकालले जानकारी दिनु भयो।

आठ दिनसम्म संचालित उक्त तयारी कक्षामा बिभिन्न बिषयका बिज्ञ प्रशिक्षकहरु डा. नबराज श्रेष्ठ, डा. आरसि सापकोटा, डा. सिकेश मानन्धर, डा. प्रकाश अधिकारी, डा. अस्मिता सुबेदी र डा. सबिना लम्सालले प्रशिक्षण दिनु भएको थियो।

अनलाईन कक्षामा परिक्षामा सहभागी हुनु हुने देशभरीका ३ सय ५९ ब्यबसायीहरु मध्ये हरेक दिन करिब २ सय ५० को हाराहारीमा कक्षामा सहभागी रहेको र उक्त कक्षा संचालन गरेकोमा ब्यबसायी साथीहरु निकै हर्षित रहेको तथा परिक्षार्थीहरुमा आत्मबिश्वास बढेको पाईएको महासचिब ढकालले नौलोआयाम डटकमलाई बताए।

औषधि ब्यबस्था बिभागले यहि जेठ १९ गते संचालन गर्ने परिक्षामा सहभागी हुने ब्यबसायीहरुलाई सहज होस भन्ने मनसायले संघले कक्षा संचालन गरेको थियो।

पशुपंक्षी औषधि व्यवसायी मान्यता प्रमाणपत्रमा लागि औषधि ब्यबस्था विभाग र पशु सेवा विभाग एंव पशु सेवा तालिम केन्द्र (सम्बन्धित प्रादेशिक स्तर) को समन्वयमा बिभिन्न समयमा सञ्चालित तालिममा सहभागी ब्यबसायीहरुको परिक्षा यहि जेठ १९ गते शनिबार काठमाडौंमा हुदैछ। औषधि ब्यबस्था बिभागले संचालन गर्ने उक्त परिक्षामा देशभरीका ३ सय ५९ ब्यबसायीहरु सहभागी  छन।

 

ADV:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!