पोल्ट्री क्षेत्रको विकासको लागि भरतपुर महानगर सधै सकारात्मकः प्रमुख दाहाल

‘अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी’ आजदेखि शुरुः

चितवन, भरतपुर जेठ १८, २०८१ः

चितवनको भरतपुरमा आजदेखि ‘अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी’ शुरु भएको छ ।

नेपाल पोल्ट्री महासंघ र इण्डीया पोल्ट्री इक्युप्मेण्ट एशोसियशनले संयुक्त रुपमा आयोजना गरेको उक्त प्रदर्शनीको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गर्नु भयो। उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुदै प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को अबसर पारेर भरतपुरमै अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो आयोजना गरिएकोमा खुशी ब्यक्त गर्नु हुदै भरतपुर महानगरपालिका पोल्ट्री क्षेत्रको विकासको लागि सदैब सकारात्मक रहेको बताउनु भयो।

भरतपुर महानगरपालिकाले कृषिको आधुनिकीकरणका लागि अनुदानमा यन्त्र उपकरणको काम गर्दै आइरहेको र आगामी दिनमा पनि कृषि क्षेत्रलाई विषेश प्राथमिकता दिएर नीति तथा कार्यक्रम निर्माण गरिने प्रमुख दाहालले बताउनुभयो । अर्थतन्त्रको मेरुदण्ड कृषि र कृषिमा पनि प्रमुख पोल्ट्री भएकाले यसको थप व्यवसायीकरणमा लाग्नुपर्ने कुरामा प्रमुख दाहालले जोड दिनु भयो।

नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले प्रदर्शनीले नेपालको कुखुराजन्य वस्तुको उत्पादनमा उपलब्धि हासिल हुने बताए । उनले प्रदर्शनीमा कुखुराजन्य उद्योगका लागि आवश्यक पर्ने औषधि, दाना, चल्ला, खोर, फार्म लगायत उपकरण सहित किसानलाई शिक्षा दिने जानकारी दिए ।

महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलले प्रदर्शनीमा नेपाल, भारत, चीन, जर्मन, बेल्जियम, नेदरल्याण्ड, अमेरिका, टर्की, मलेसिया, सिङ्गापुर, ताइवान, इटली, इजरायल, बङ्गलादेश लगायत १५ देशका करिब १५० भन्दा वढी स्वदेशी तथा विदेशी प्रख्यात प्रदर्शकहरुका नविनतम प्रविधिहरुका प्रदर्शनी रहेको जानकारी दिनु भयो।

३ दिन सम्म चल्ने उक्त प्रदर्शनीमा पोल्ट्री व्यवसायका नविनतम प्रयोग सम्बन्धि गोष्ठी, बैठक, अन्तरक्रिया सहित ३ दिने ‘पोल्ट्री पाठशाला’ सेमिनारको पनि आयोजना गरिएको ‘पोल्ट्री पाठशाला’ का संयोजक तथा नेपाल भेटेरिनरी काउन्सिलका उपाध्यक्ष सहप्राध्यापक डा सुबिर सिंहले जानकारी दिनु भयो।

PC: Renu Dahal Sachiwalaya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!