घट्यो इन्धनको मूल्य

काठमाडौँ, जेठ १८, २०८१ः

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा ३ रुपियाँ, मट्टीतेल र डिजेलमा १–१ रुपियाँ मूल्य घटाएको हो ।

अब काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १६८ रुपियाँ पर्नेछ भने मट्टीतेल र डिजेललाई १५३ रुपियाँ तिर्नुपर्नेछ ।

घटेको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने निगमले विज्ञप्तिमार्फत् जानकारी गराएको हो । निगमले एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!