काठमांडौ, माघ २७, २०७९ः
रत्न काजि प्रजापति
सिदार्थ फर्मास्युटिकल प्रा लि द्वारा उत्पादित “ट्रासी १००” नामको औषधि गुणस्तरहिन पाइएको छ।
नियमनकारी निकाय औषधि ब्यबस्था बिभागले बजार अनुगमनको क्रममा संकलन गरिएका औषधिहरुको नमुना परिक्षण गर्दा उक्त औषधि गुणस्तरहिन पाइएको हो। उक्त कम्पनिद्वारा उत्पादित ITRACONAZOLE कम्पोजिसन रहेको ब्याच न आईटि्सि ३१०४ र उत्पादन मिति मे २०२२ रहेको ट्रासी १०० क्याप्सुल गुणस्तरहिन पाईयो।
औषधि ब्यबस्था बिभागले औषधि ऍन २०३५ को दफा १४ बमोजिम सो औषधिको बिक्री बितरण रोक्का गरि बजारबाट तुरुन्त फिर्ता (RECALL) गर्न र सो को बिबरण बिभागमा पेश गर्न निर्देशन दिएको छ।

FUNGAL INFECTION ्मा प्रयोग गरिने निकै सम्बेदनशिल औषधि यसरि गुणस्तरहिन पाईएकोमा आम उपभोक्ताहरु आक्रोशित भएका छन।
