तेस्रो संस्करणको रग्बी लिग फागुन २९ बाट शुरु हुदै

काठमाडौं, माघ २७, २०७९ः

काठमाडौंको दशरथ रंगशालामा आइतबारबाट तेस्रो संस्करणको फिफ्टिन्स रग्बी लिग प्रतियोगिता आयोजना हुँदैछ। नेपाल रग्बी संघको आयोजनामा हुने उक्त लिगमा चार टिम सहभागी हुने भएको छ।

नगद पुरस्कारको व्यवस्था नभएको लिग आगामि माघ २९ देखि फागुन छ गतेसम्म आयोजना हुने अयोजले जानकारी दिएको हो। प्रतियोगितामा सहभागी हुने क्लबहरुले काठमाडौंमा उचित मैदान नभएको कारण अभ्यासमा समस्या भएको जानकारी दिएका छन्।

यस भदाअघिको प्रतियोगिता सल्लाघारीको आर्मी स्कुलको मैदानमा र मध्यपुर युथ एसोसियशनको मैदानमा आयोजना भएकोमा यो वर्ष दशरथ रंगशाला हुने भएको हो।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष दिपक देवकोटाले खेलको विकासका लागि लागिरहेको बताएका छन्। उनले भने, ‘खेलको विकासका लागि लागिरहेका छौं। जे जति माथि पुगेको छ त्यसमा सबैको योगदान रहेको छ। यो विस्तार गर्ने सोचाइ बनाउँदै गर्दा धेरै माथि पुगेका छैनौँ। अहिले १५ एसको खेलको निम्ती त्यो खालको जनशक्ति विस्तारको निम्ती पूर्वाधार पनि चाहिन्छ।’

यो लिगको पहिलो संस्करणआर्मीले र दोस्रोमा गोर्खालीले उपाधि जितेको थियो। यो लिगका नगद चाहिँ टोकन मनीका रुपमा दिने गरेको महासचिव गोविन्द घिमिरेले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!