शहरी विकासमन्त्री सिंह र भारतीय राजदुत श्रीवास्तवबीच भेटवार्ता

काठमाडाैं, श्रावण १, २०८१ः

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । मन्त्री सिंहलाई भेट्न भारतीय राजदुत श्रीवास्तव मङ्गलबार सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा पुग्नुभएको थियो । भेटवार्तामा उहाँहरुकाबीचमा नेपालको शहरी विकासको क्षेत्रमा भारतीय सरकारले गर्नसक्ने सहयोगको सम्बन्धमा कुराकानी भएको छ ।

भेटवार्ता पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भारतको अनुदान सहयोगमा निर्माण भइरहेका नेपालका पुरातात्विक सम्पदाहरुको बारेमा समिक्षा भएको जानकारी दिनुभयो । भेटमा राजदुतले भारतको सहयोगमा विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, भैरहवा, महेन्द्रनगरमा एकीकृत जाँच चौकी निर्माण भइरहेको र त्यसमा नेपालले आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराएको भन्दै सन्न्तोष व्यक्त गर्नुभएको उहाँले बताउनुभयो ।

त्यस्तै राजदुत श्रीवास्तवले भारतीय राजदुताबासबाट २० करोड रुपैयाँसम्मको लागतमा पूर्वाधार निर्माणको काम गर्न तयार रहेको कुरा राख्नुभएको पनि उहाँले जानकारी दिनुभयो । भेटवार्तका क्रममा फोहोरमैला व्यवस्थापनका काममा पनि नेपाल–भारतका बीचमा सहकार्य गर्ने सहमती भएको उहाँले बताउनु भयो । सचिव गेलालले सौहार्दपूर्ण रुपमा कुराकानी भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!