मन्त्रीमण्डलमा समानुपातिक समावेशिता नभएको प्रति राष्ट्रिय महिला आयोगको ध्यानाकर्षण

काठमाडौँ, साउन १, २०८१ः

राष्ट्रिय महिला आयोगले प्रधानमन्त्री के पि ओली नेतृत्वको मन्त्रिपरिषद् समानुपातिक र समावेशिता नभएको भन्दै ध्यानाकर्षण गरेको छ । आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै २२ सदस्यीय मन्त्रिपरिषद्मा जम्मा २ जना मात्र (९ %) मात्रै महिलामन्त्री नियुक्ति गरिएको भन्दै असन्तुष्टि जनाइएको छ ।

अध्यक्ष कमला पराजुलीले जारी गरेको उक्त विज्ञप्तिमा ९ प्रतिशतमात्र महिलामन्त्री नियुक्ति हुनुले संविधानमा गरिएको व्यवस्थालाई समेत राजनीतिक दलहरुबाट बेवास्ता गरेर महिला नेतृत्वलाई अवसरबाट वञ्चित गरिएको उल्लेख छ ।

संविधानको भाग – ३ धारा ३८ को उपधारा ४ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक रहने व्यवस्था गरिएको आयोगले स्मरण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!