काठमाडौं ,६ श्रावण २०८१ः
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन्। आज प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभामा विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा १८८ मत र विपक्षमा ७४ मत खसेको हो। प्रतिनिधिसभामा उपस्थित २६३ जना सांसद मध्ये एक जना सांसदले मत दिन्न भन्ने पक्षमा आफ्नो मत जाहेर गरे।
नेकपा (एमाले) का अध्यक्ष समेत रहेका ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलाई सरकारमा सहभागी नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिए भने नेकपा माओवादी केन्द्र ,रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायतले मत दिएनन्।