किन निरन्तर घटदै छ कुखुराको मासुको मूल्य?

काठमाडौं, साउन ७, २०८१ः
रत्न काजि प्रजापति

निकै लामो समय सम्म स्थिर जस्तै रहेको कुखुराको मासुको मुल्यमा एकाएक कमि आएको छ।

असारको दोश्रो हप्ता सम्म पनि प्रति किलो रु ४२० मा कारोबार हुदै गरेको कुखुराको मासुको मुल्य साउनको पहिलो हप्ता सम्म आई पुग्दा प्रति किलो रु ३४० मा झरिसकेको छ।

त्यसै गरी जिउदो कुखुराको मुल्यमा पनि निकै कमि आएको छ। असारको दोश्रो हप्ता सम्म जिउदो कुखुराको कोल्ड स्टोर खरिद मुल्य रु ३०० प्रति किलो थियो जुन अहिले घट्दै घट्दै रु २५० प्रति किलोमा झरिसकेको छ। जिउदो कुखुराको मुल्य असार १६ गते रु १०, असार १८ गते रु १०, असार २६ गते रु १०, साउन ३ गते रु १० र साउन ७ गते १० घटेर हाल रु प्रति किलो रु २५० मा कारोबार भै रहेको छ।

किन घट्यो त मासुको मुल्य?

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंग बहादुर बेलबासेले ब्रोईलर कुखुराको उत्पादनमा भएको बृद्दिका कारण मासुको मुल्यमा कमि आएको बताए। अध्यक्ष बेलबासेका अनुसार असारमा ४२० रुपैयाँ प्रति किलोमा बिक्री भएको कुखुराको मासुको खुद्रा मूल्य अहिले ३४० रुपैयाँ कायम भएको छ।

बेलबासेका अनुसार साउन महिना लागेसँगै मासुको खपत घटेकाले पनि मूल्यमा कमी आएको बताए। “हाल ब्रोईलर कुखुरा उत्पादनको ५० देखि ६० प्रतिशत मात्रै खपत भइरहेको कारण पुनः मुल्यमा कमी आउन सक्ने संभाबना छ। ” अध्यक्ष बेलबासेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!