वागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिंह लामा नियुक्त

कांग्रेसका ६ र एमालेका ६ मन्त्रीसहित १३ सदस्यीय मन्त्रिपरिषद गठन हुदै

काठमाडाैं , साउन ८, २०८१ः

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा नियुक्त हुनुभएकाे छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार मंगलबार लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।

लामाले आजै कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएकाे थियाे । प्रदेश प्रमुख शर्माले आज मंगलबार ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गर्नुभएकाे थियाे ।

नवनियुक्त प्रदेश प्रमुख लामाले भोलि बुधबार ११ बजे प्रदेश प्रमुख कार्यालयमा शपथ लिने कार्यक्रम रहेकाे जनाइएकाे छ । लामाले भोलि नै कांग्रेसका ६ र एमालेका ६ मन्त्रीसहित १३ सदस्यीय मन्त्रिपरिषदलाई एकै पटक पूर्णता दिने तयारी गर्नुभएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!