काठमाडाैं, श्रावण ८ २०८१ः
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीका समस्या समाधानमा सरकार सकारात्मक रहेको बताएको बताउनुभएको छ । मंगलबार नेपाल निर्माण व्यवसायी महासंघसँगको भेटमा उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो ।
उपप्रधानमन्त्री सिंहले निर्माण व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार गम्भीर भएर लागेको बताउनु भयो । उहाँले सरकारले निर्माण व्यवसायीहरुलाई सहज रुपमा काम गर्ने वातावरण बनाउने बताउनुभयो । उहाँले निर्माण व्यवसायीलाई पनि आयोजनाहरू समयमै सम्पन्न गर्ने गरि काम गर्न आग्रह गर्नुभयो ।
भेटमा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अहिले निर्माण व्यवसायीले भोगिरहेका भुक्तानीदेखि सार्वजनिक खरिद ऐनमा गर्नुपर्ने संशोधनको आवश्यक रहेको बताउनुभयो ।