भक्तपुर, ८ साउन, २०८१ः
अरनिको राजमार्ग अन्तर्गत भक्तपुर नगरपालिका‐१ घलातेमा आज सल्लाघारीबाट सूर्य विनायकतर्फ आउँदै गरेको बा. १३ च. २२६५ नं. को सुमोले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते बाग्लुंङ गलकोट नगरपालिका‐१० का ३५ वर्षीय मनबहादुर घर्तीको भक्तपुर अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।
ठक्कर दिने सवारी साधन र चालक काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका‐९ का ५४ वर्षीय मधुकर के.सी.लाई पक्राउ गरि प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखेर थप अनुसन्धान भैरहेको छ।