भक्तपुरका प्रदेश सांसद थापा स्वास्थ्य मन्त्रीमा नियुक्त

भक्तपर, साउन ८, २०८१ः
रत्न काजि प्रजापति

भक्तपुरका बागमति प्रदेश सांसद किरण थापा स्वास्थ्य मन्त्री नियुक्त भएका छन् । बाग्मति प्रदेशको मन्त्रीमण्डल परिवर्तन भएसँंगै उनी नेकपा एमालेको तर्फबाट स्वास्थ्य मन्त्री नियुक्त भएका हुन् ।

नेकपा एमाले भक्तपुरका जिल्ला उपाध्यक्ष समेत रहनु भएका थापा भक्तपुरको निर्वाचन क्षेत्र न २ सूर्यविनायक नगरपालिका क्षेत्रबाट प्रत्यक्षमा प्रदेश सांसद निर्वाचित भएका थिए ।

थापा संगै एमालेबाट प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी मन्त्री , सकुमाया तामाङ उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री, अमन मास्के भौतिक पूर्वाधार तथा विकास मन्त्री, कृष्ण सिलवाल वन तथा वातावरण मन्त्री तथा प्रेमभक्त महर्जन श्रम रोजगार तथा यातायात मन्त्री तोकिएको एमालेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!