राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पाल्पाका डा.शिवराज अधिकारी नियुक्त

काठमाडौँ, साउन १०, २०८१ः

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पाल्पाका डा.शिवराज अधिकारी नियुक्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्षका साथै सदस्यहरूको पनि मनोनयन गरेको जानकारी दिनुभयो ।

राष्ट्रिय योजना आयोगको सदस्यहरूमा महोत्तरीका डा.आरती विसार, धनुषाका डा.रमेश प्रसाद सिंह, अर्घाखाँचीका डा. प्रकाशकुमार श्रेष्ठ मनोनयन हुनुभएको छ । यस्तै, झापाका डा.गीताकुमारी पौडेल अधिकारी, अर्घाखाँचीका डा.जयबहादुर टण्डन र दार्चुलाका गङ्गादत्त अवस्थी आयोगको सदस्यमा नियुक्त हुनुभएको सञ्चार मन्त्री गुरुङले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!