कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौँ, साउन १०, २०८१ः

कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको छ।

नगर उपप्रमुख शुभ लक्ष्मी शाक्यका अनुसार हाल वीर अस्पतालको सघन कक्ष (आइसियु) मा नकर्मीको उपचार भइरहेको छ। उहाँले नगर प्रमुख नकर्मीको स्वास्थ्य जटिल अवस्थामा रहेको जानकारी दिनुभयो। मिर्गौलामा समस्या देखिएपछि नकर्मीले नियमित डायलिसिस गराउँदै आउनुभएको छ। शाक्यले पछिल्लो एक महिनादेखि उहाँको स्वास्थ्यमा झनै समस्या देखिएको जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!