आज निर्वाचन आयोगका प्रस्तावित आयुक्तबारे निर्णय हुने

काठमाडौं, साउन १४, २०८१ः

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक सोमबारका लागि बोलाइएको छ।

बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। बैठकले निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानलाई अनुमोदन गर्ने वा नगर्नेबारे निर्णय गर्ने छ। प्रस्तावित आयुक्त प्रधानको संसदीय सुनुवाइ भइसकेको छ।

कानुन समाजका कार्यकारी निर्देशक प्रधानमाथि कार्यालयमा कार्यरत महिलालाई जागिर लगाइदिने प्रलोभन दिएर यौन शोषण गरेको आरोप लागेको छ। ती महिलाले उनीविरुद्ध उजुरीसमेत दिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!