तनहुँका किसानलाई अनुदानमा हाते ट्याक्टर बितरण

तनहुँ, साउन १४, २०८१ः

तनहुँको घिरिङ गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । गाउँपालिकामा रहेका पाँच विभिन्न वडाबाट सिफारिस भएका ३२ जनालाई हाते ट्याक्टर प्रदान गरेको हो ।

परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन हाते ट्याक्टर (मिनिटेलर हलो) वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार गत आर्थिक वर्ष ०८०-८१ को कृषि यन्त्र तथा औजार बितरणमा ५० प्रतिशत अनुदान कार्यक्रम अन्तर्गत कुल १९ लाख ६८ हजारमा ३२ वटा हाते ट्याक्टर खरिद गरि वितरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले कृषकलाई उक्त हाते ट्याक्टर आईतबार हस्तान्तरण गर्नुभयो । परम्परागत कृषि प्रणालीलाई यान्त्रीकीरण र व्यावसायीकरण गर्न गाउँपालिकाले कृषि यन्त्र वितरण गरिएको अध्यक्ष थापाले बताउनुभयो । प्रति ट्याक्टरको मूल्य ६१ हजार ५ सय रहेकोमा गाउँपालिकाले ५० प्रतिशत अनुदान दिएको कृषि शाखाका प्रमुख रवि रामदामले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!