नेप्से २० अंकले घट्यो, साढे १९ अर्बको कारोबार

काठमाडौं, साउन १४, २०८१ः

लगातारको वृद्धिमा ब्रेक लाग्दै सोमबार नेप्से सूचक २०.४६ अंकले घटेको छ।

खासगरी नयाँ सरकार परिवर्तन र मौद्रिक नीतिपछि एकाएक ६ सय अंकमाथिले बढेको शेयर बजारमा अधिकांश लगानीकर्ताहरूले नाफा बुक गर्न लाग्दा सोमबार नेप्से सूचक ०.७६ प्रतिशतले घट्दै २६६१.०९ विन्दुमा पुगेको हो।

जसको कारण सोमबार १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँ बराबरको ४ करोड ७७ लाख ९० हजार कित्ता शेयर दोस्रो बजारमा कारोबार भएको छ।

सबैभन्दा बढी शिवम् सिमेन्टको ६१ करोड १२ लाख ८६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने सोमबार दोस्रो र तेस्रोमा कुमारी बैंकको ५५ करोड २२ लाख ७६ हजार रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३९ करोड १८ लाख १९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

सोमबार ७० कम्पनीको शेयर मूल्य बढ्दा १६८ कम्पनीको मूल्य घट्न पुगेको छ। बाँकी ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

१३ वटा उपसूचकमध्ये सोमबार फाइनान्स समूहको उपसूचक १.८८ प्रतिशतले र हाइड्रोपावर समूहको उपसूचक ०.८१ प्रतिशतले बढेको छ भने बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन्। सबैभन्दा बढी सोमबार ट्रेडिङ समूहको उपसूचक ४.५४ प्रतिशतले ऋणात्मक हुन पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!