कायममुकायम प्रधानसेनापतिमा सिग्देल नियुक्त

काठमाडौं, साउन १५, २०८१ः

सरकारले नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो। प्रधानसेनापति प्रभुराम शर्माको सिफारिसमा सरकारले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो।हालका प्रधानसेनापति शर्मा आगामी भदौ २४ मा सैनिक सेवाबाट अनिवार्य अवकाश पाउँदैछन्।

सेनाको परम्पराअनुसार प्रधानसेनापतिबाट अवकाश पाउनु एक महिनाअघि साउन २४ बाट उनी बिदामा बस्दैछन्।

बलाधिकृतरथी सिग्देलले अहिले बलाध्यक्षको समेत जिम्मेवारी सम्हालिरहेका छन्। सिग्देलले अहिले आफ्नो कोर टिम बनाएर भावी नेतृत्वको रुपमा सैनिक मुख्यालयमा काम सुरु गरिसकेका छन्। प्रधानसेनापति शर्माले समेत उनलाई महत्वपूर्ण जाहेरी र कामहरू हस्तान्तरण गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!