माओवादी लक्षित सांसद गोकुल बास्कोटाको टिप्पणी : सत्ताबाट हट्दाको पीडा नपोखौँ

काठमाडौं, साउन १५, २०८१ः

सत्तारुढ नेकपा (एमाले) सांसद गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रलाई सत्ताबाट हट्नु पर्दाको पीडा नओकल्न आग्रह गरेका छन्।संसदमा सरकारविरुद्ध माओवादी केन्द्रका सांसदहरुको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा सो कुरा बताएका हुन्। सांसद बास्कोटाले मुलुकलाई निकास दिन दुई ठूला दल कांग्रेस र एमालेले नयाँ सत्तासमीकरण बनाएको उल्लेख गर्दै त्यसको विरोध गरिरहन आवश्यक नभएको बताए।

सांसद बास्कोटाले सत्तारुढ गठबन्धन मुलुकको आवश्यकताले बनाएको उल्लेख गर्दै यो कसैका विरुद्ध लक्षित नरहेको दावी समेत गरे। सांसद बास्कोटाले साना दलहरुले सत्तामा मरिहत्ते गर्दा मुलुकमा राजनीतिक स्थिरता कायम हुन नसकेको विगतबाट सबैले पाठ सिकेर अघि बढनुपर्ने बताए। उनले भने, ‘दुई ठूला दल मिलेका छन्। ती राजनीतिकरुपमा मिल्दैनन्, सैद्धान्तिक रुपमा मिल्दैनन्। कार्यक्रमको रुपमा मिल्दैनन्। मुलुकलाई निकास दिन मिल्छन्। इतिहासमा पनि मिलेका थिए, आज पनि मिल्छन्। भोलि पनि मिल्छन्। कसैका विरुद्ध यो होइन, मुलुकको आवश्यकता अनुसार। अब हिजोको पीडा मात्रै बोकेर नहिँडौँ।’

सांसद बास्कोटाले विकास, निर्माणका काममा ध्यान दिनुपर्ने बेलामा सत्तापक्ष र प्रतिपक्षबीच संसदमा आरोप÷प्रत्यारोप हुनु शोभनीय नभएको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!