लेखा समितिका सभापतिले व्यापारीसँग भेटेर पदको दुरुपयोग गरेको सासद माधव सापकोटा्को आरोप

दूध किसानहरूको भुक्तानी तत्काल गर्न सरकारसँग माग

काठमाडौं, साउन १५, २०८१ः

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता रकम असुली गर्न बाँकी रहेका व्यापारीसँग भेटेर पदको दुरुपयोग गरेको आरोप लगाएका छन्।

डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता रकम नतिरेको भन्दै विवाद भइरहेका बेला सांसद सापकोटाले सो रहस्यमय ढङ्गको भेटबारे आफूले सूचना पाएको दाबी गरेका हुन्।

मङ्गलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले सभापति पोखरेलमाथि पदीय दुरुपयोग गर्दै विवादास्पद व्यापारीसँग भेट गरेको आरोप लगाए। उनले घटनाको गम्भीरतापूर्वक छानबिन गर्न पनि सरकारसँग माग गरे।

‘डेडिकेटेड फिडर र ट्रङ्क लाइनको विषयमा सार्वजनिक लेखा समितिमा बहस कायमै छ तर उक्त समितिका सभापति र झगडियाहरूमध्ये बक्यौतासमेत कायम रहेका एकजना व्यापारीका बीचमा रहस्यमय भेट भएको सूचना आएको छ‚’ उनले भने, ‘पदीय दुरुपयोगको यस घटनाको गम्भीरतापूर्वक छानबिनका लागि जोडदार माग गर्छु।’

सांसद सापकोटाले दूध किसानहरूको भुक्तानी तत्काल गर्न पनि सरकारलाई सचेत गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!