बागमतीका मुख्यमन्त्री लामालाई विश्वासको मत प्राप्त

हेटौँडा, साउन १५, २०८१ः

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

मङ्गलबार बसेको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री लामाले विश्वासको मत पाउनुभएको हो । नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएका लामा यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो

११० सदस्य रहेको बागमती प्रदेश सभाको सोमबारको बैठक मतदानमा उपस्थित १०३ जना प्रदेश सभा सदस्य रहेकोमा मुख्यमन्त्री लामाले विश्वासको मतका लागि राख्नु भएको प्रस्तावको पक्षमा ६४ मत र विपक्षमा ३५ मत परेको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी गराउनुभयो । विश्वासको मतका लागि भएको मतदानमा तीन जना प्रदेश सभा सदस्य तटस्थ रहेका थिए ।

मुख्यमन्त्रीले राख्नु भएको विश्वासको मत माथिको प्रस्तावको पक्षमा नेपाली कांग्रेस र नेकपा (एमाले) रहेको थियो ।

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) ले विपक्षमा मत दिएका छन् । नेपाल मजदुर किसान पार्टी मतदानमा तटस्थ रहेकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!