क्षयरोग निवारण संस्थाका पूर्व सभापति बाबुकाजी श्रेष्ठ सम्मानित

भक्तपुर, १५ साउन २०८१ः

नेपाल क्षयरोग निवारण संस्था भक्तपुर जिल्ला शाखाको ४५ औं स्थापना दिवस कार्यक्रममा संस्थाका पूर्व सभापति बाबुकाजी श्रेष्ठलाई सम्मानित गरेको छ । कार्यक्रममा पूर्व पदाधिकारी एवं कार्यसमिति सदस्यहरुलाई पनि कदर पत्रद्वारा सम्मान गरिएको थियो ।

संस्थाका सभापति पुष्पलाल तिमिलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा श्रेष्ठले आफ्नो कार्यकाल पूर्ण सफलतापूर्वक पूरा गर्नु भएकोले प्रमुख अतिथि नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रिय सदस्य एवं उपत्यका इन्चार्ज महेन्द्रगोपाल कर्माचार्यले दोसला ओढाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्मान पत्र ग्रहण गर्दै श्रेष्ठले आफ्नो कार्यकालमा संस्थाको संस्थागत विकास, आर्थिक सबलीकरण, अक्षयकोष स्थापना र पुरस्कारको ब्यबस्था गरिएको बताउनुभयो । उहाले सबैसंग सहकार्य गरी नया ढंगले क्षयरोग नियन्त्रणका कार्यक्रमहरु गरेको त्यतिवेला नै भक्तपुर जिल्लालाई क्षयरोग मुक्त जिल्ला बनाउने अभियान थालेको बताउनुका साथै क्षयरोग नियन्त्रण अभियानमा निरन्तर लागिरहने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा निरन्तर तिन दशक भन्दा बढी कर्मचारीको रुपमा सेवा गर्नु भएको कार्यालय सचिव हिरण्यप्रताप सांगामीलाई निबृत्त सम्मान गरिएको थियो । सोही कार्यक्रममा कर्मचारी उपदान रकम हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सम्मान ग्रहण गर्दै सांगामीले भक्तपुर जिल्लामा क्षयरोग नियन्त्रण गर्न हरबखत समय दिई लागि परेको र पछिसम्म पनि लागिरहने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रिय सदस्य एवं उपत्यका इन्चार्ज महेन्द्रगोपाल कर्माचार्यले भक्तपुर शाखा अरु शाखाहरु भन्दा अग्रणी रहेको बताउदै भक्तपुर शाखाको गतिविधिको प्रशंसा गर्नुभयो । नेपालको एक मात्र क्षयरोग अस्पताल कालिमाटीमा संचालित अस्पतालमा उपचार रत क्षयरोगी विरामीहरुलाई खानाको व्यवस्था गर्न नेपाल सरकारसंग अनुरोध गरेको बताउनुभयो ।
संस्थाका सचिव सुमन श्रेष्ठले संचालन गर्नुभएको उक्त कार्यक्रममा निवर्तमान सभापति राम सिख्वःले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!